शुभकामना आदान प्रदान कार्यक्रममा रैथाने उत्पादन प्रदर्शन, वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे उत्पादनबारे चासो | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

शुभकामना आदान प्रदान कार्यक्रममा रैथाने उत्पादन प्रदर्शन, वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे उत्पादनबारे चासो

काठमाडौं, असोज २७ ।

कान्ति सांस्कृतिक केन्द्रले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कान्ति सांस्कृतिक केन्द्रले कान्ति सांस्कृतिक केन्द्र राष्ट्रपति भवनअगाडि नेपालीहरुको महान चाँड विजय दशमी, शुभदीपावली, नेपाल संवद ११४४ तथा छठ पर्व २०८० को अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संविधासभा सदस्य रत्न गुरुङ, नेकपा केन्द्रीय सदस्य नारायण सिल्वाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं क्षेत्र नम्बर ५का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगरपालिका–३का वडाध्यक्ष प्रेम थापालगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्थानीय स्तरमा उत्पादित रैथाने उत्पादन मह, गुन्द्रुक, मस्यौरा, अचारलगायत खाद्यसामग्री राखिएको थियो । त्यसैगरी प्रदर्शनमा स्थानीय उत्पादन ढाकाका सारी, टोपीलगायत सामग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शनमा राखिएका सामग्री नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष र्ईश्वर पोखरेललगायत सहभागीले खरिद गरेका थिए । प्रदर्शनमा राखिएका सामग्री खरिद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । सो क्रममा उनले स्थानीय उत्पादनमा रहेका समस्याबारे चासो राखेका थिए ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि