नेकपाकाे चियापान कार्यक्रम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेकपाकाे चियापान कार्यक्रम जारी

काठमाडौं, १० कात्तिक । नेकपाले दशै तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ ।  नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो । चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए ।

मुलुक नयाँ युगतिर जाने भनेर संविधानमा नै उल्लेख गरिएको स्मरण गर्दै उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्र्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए । उनले सांस्कृतिक पर्वले समाजमा जिवन्तता प्रदान गर्ने उल्लेख गरे ।

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति छ । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजे पछि चियापान समारोहमा उपस्थित हुने कार्यक्रम छ ।

नेकपाले चिया, कचौरी, निमकि, केरा लगायत परिकार चियापानमा राखेको थियो । चियापान समारोहमा नेता कार्यकर्ता देखि सर्वसाधरणको उपस्थिति छ । अहिलेसम्म नेकपा कै नेता कार्यकर्ता मात्रै रहेको चियापान समारोहमा ३ बजे पछि प्रमुख प्रतिपक्षी दलका नेता र कुटनीतिक नियोगका अधिकारीहरु सहभागी हुने कार्यतालिका छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);