प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम, नेपाल–खनाल समूह नजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम, नेपाल–खनाल समूह नजाने

काठमाडौं, ३ चैत। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्।

अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाएका छन्। सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको चियापानमा पार्टीका केन्द्रीय नेताहरुलाई निमन्त्रणा गरिएको छ । मोबाइल एसएमएसमार्फत सबै केन्द्रीय सदस्यहरुलाई सन्देश पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तर चियापान कार्यक्रममा नजाने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बताएको छ । नेपाल–खनाल समूहले गत फागुन २८ गते अध्यक्ष ओलीले गरेको महासचिव र अध्यक्षबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।

Leave a Reply