नेकपाले प्रदेश ५ मा पनि चियापान आयोजना गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाले प्रदेश ५ मा पनि चियापान आयोजना गर्दै

nekapako chiyapan

बुटवल, १७ कात्तिक । काठमाडौंमा ५० हजारलाई निम्ता दिएर भब्य चियापान गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि शनिबार मध्याह्न प्रदेशस्तरीय चियापान तथा सन्देश सभा कार्यक्रम आयोजना गरेको छ ।

विगतमा काठमाडौंमा मात्रै गर्दै आएको चियापानलाई नेकपाले अहिले प्रदेशस्तरमा पनि ठूलो धनराशी खर्च र शक्ति प्रदर्शनका रुपमा गर्न थालेपछि यसको आलोचना शुरु भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट एक लाख कार्यकर्ता उतार्ने दावी नेकपाले गरेकोे छ ।

कार्यक्रमलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव विष्णु पौडेल, नेता घनश्याम भुसाल, प्रदेश ५ इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले समेत सम्बोधन गर्ने भनिए पनि अस्वस्थताका कारण उनि नजाने भएका छन्  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);