निर्मला बलात्कार र हत्या प्रकरण: न्यायको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्मला बलात्कार र हत्या प्रकरण: न्यायको खोजी

nirmala pariwar

काठमाडौं, १७ कात्तिक । तीन जनाको डीएनए परीक्षण, २ सयभन्दा धेरैसँग बयान, कल डिटेल रेकर्डको अध्ययन र आधा दर्जन अनुसन्धान समितिको निरन्तरको अनुसन्धान तर निष्कर्ष शून्य  । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुगिसक्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन  ।

दिन लम्बिँदै जाँदा घटनाबारे अनेक शंका–उपशंका चुलिए पनि हत्यारा पत्ता लागेका छैनन् । प्रहरीका टोली आउने–जाने भइरहे पनि नयाँ तथ्य फेला परेको छैन । यसले सामान्य नागरिकले न्याय पाउन कति कठिन छ भन्ने प्रश्न हुर्किंदै गएको छ । प्रहरीको अनुसन्धान प्रणाली र विद्यमान न्याय प्रणालीमाथि समेत यो घटनाले पर्याप्त प्रश्न उब्जाइदिएको छ ।

बलात्कारपछि हत्याको निष्पक्ष छानबिनको माग राख्दै देशव्यापी प्रदर्शन भएपछि प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र गृह मन्त्रालयले फरक–फरक छानबिन समिति बनाएका थिए । यी सबै टोली र समितिका १ सय दिनका उपलब्धि दुई प्रहरीको बर्खास्ती र पाँचको निलम्बनमा सीमित छ ।

कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरासहित ३ जनाको डीएनए परीक्षण भइसकेको छ । प्रहरीले थप चार शंकास्पदको डीएनएन परीक्षणको नमुना लिइसकेको छ । घटनास्थलमा सक्रिय मोबाइल फोनको कनेक्सनबारे पुन: अनुसन्धान गरिरहेको छ तर नयाँ तथ्य कुनै पनि भेटेको छैन, न त अनुसन्धान कुन दिशामा गर्ने भन्नेमा नयाँ बाटो नै समातेको छ ।

अनुसन्धान निष्कर्षमा नपुगेका यस्ता गम्भीर प्रकृतिका हत्या घटनाको लामो फेहरिस्त छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);