नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, ५ चैत। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने भएको छ । राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेताहरुले जनाएका छन् ।

यो समूहले बुधबारदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २०७५ सालको जेठ २ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने नेपाल–खनाल समूहको अडान छ ।

गएको फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्वपूर्ण निर्णय गरेलगत्तै नेपाल–खनाल समूह थप असन्तुष्ट छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);