जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, ५ चैत। जनता समाजवादी पार्टी जसपा नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे तुल्सिलाल अमात्य प्रतिष्ठान, ललितपुरमा बस्ने बैठकमा संसदीय दलको नेता र उपनेता छनौट गर्न लागेको हो । बैठकमा नयाँ सरकारका लागि कुन दलसँग गठबन्धन गर्ने भन्ने समेत तय हुने बताईएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलको नेता र उपनेता छनोट भएको छैन ।

नेकपा विभाजित भएपछि सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल भएको छ । समीकरणबारे निर्णय लिनुअघि आफ्ना निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सुनिश्चित हुनुपर्ने मागमा जसपाभित्र एकमत छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन् । जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);