खनाल र नेपाललाई कारबाही गर्ने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खनाल र नेपाललाई कारबाही गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं, ७ चैत। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई कारबाही गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पार्टीको हित विपरीत काम गरेकाले नेपाल र खनाललाई कारबाही गर्नुपर्ने अवस्था आएको र उनीहरु एमालेमा बस्न नचाहेको समेत टिप्पणी गरे । उनीले खनाल–नेपाल समूहद्वारा चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरेका छन् ।

एमाले विवादमा तटस्थ रहँदै आएका नेता वामदेव गौतम पनि शनिबारको बैठकमा सहभागी छन् । यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका लागि भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए । उहाँले शुक्रबार नै पार्टीका सबै पक्षलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

यसअघि आजै बसेको एमाले संसदीय दलको बैठकले विधान संशोधनको प्रस्ताव केन्द्रयि कमिटीमा लैजनाने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);