नेपाल–खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता हुँदैनः सूर्य थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल–खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता हुँदैनः सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता नहुने बताएका छन् ।

आइताबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ६ बुँदा सहित पार्टी एकताको प्रस्ताव अघि सारेका थिए । त्यसको जवाफमा नेपाल खनाल पक्षले सोमबार ६ बँुदामा नै एकताका लागि शर्तहरु राख्दै जवाफ फर्काएका थिए ।

प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए । यसको जवाफमा नेपाल खनाल पक्षले प्रतिनिधि सभा विघटन फिर्ता लिए हस्ताक्षर फिर्ता लिने शर्त राखेका थिए ।

नेपाल खनाल पक्षबाट यस्तो जवाफ आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार ट्वीट गर्दै नेपाल खनाल पक्षको शर्त स्विकारेर पार्टी एकता नहुने बताएका हुन् । उनले तेल निकाल्न बालुवा नभई तोरी पेल्नुपर्ने भन्दै नेपाल पक्षलाई व्यंग्य समेत गरेका छन् । उनले लेखेका छन्–‘‘माधव कु नेपालका शर्त स्विकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ’’


यसअघि नेपाल खनाल पक्षले पार्टी २०७५ जेठ २ फर्किनुपर्ने अडान लिँदै आएको थियो तर ओलीले शर्त सहित जेठ २ मा फर्किन तयार हुँदा पनि नेपाल खनाल पक्षले सकरात्मक प्रतिक्रिय नदिएकाले थापाले नेपाल पक्षको जेठ २ को रटानको अध्याय सकिएको उल्लेख गरेका छन् ।

साथै थापाले ल्याङल्याङ अति भयो भन्दै अध्यक्ष ओलीको प्रस्ताव मानेर आउनेलाई स्वागत गर्ने र एकताको असम्भव कोशिस छोड्न भनेका छन् । उनले लेखेका छन्–‘‘ल्याङल्याङ अति भयो, अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं । ’’


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);