डिलमै पुगेको एमालेका नेताहरुले हामफाल्ने निर्णय लिनु हँुदैन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

डिलमै पुगेको एमालेका नेताहरुले हामफाल्ने निर्णय लिनु हँुदैन (भिडियाेसहित)

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव राख्नु भएको छ । अध्यक्ष ओली पार्टी संरचनालाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउन तयार हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को केन्द्रीय कमिटी सदस्यहरूमध्ये एकताको पक्षमा उभिएकाहरु लाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने, मातहतका पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील बनाउने प्रतिद्धता प्रस्तावमै उल्लेख गरिएको छ ।

यस संगै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै झलनाथ खनाल र माधव कुमार नेपाल पक्षका सांसदहरुले सर्वोच्च अदालतमा हस्ताक्षर सहित दर्ता गरेको रिट फिर्ता लिनु पर्ने सर्त पनि ओलीले अघि सार्नु भएको छ । एमाले असन्तुष्ट समूहका २३ जना सांसदहरुले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो । सोही माग अनुसार ओलीले प्रस्ताव गर्नु भएको हो । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भई नेकपा गठन भएको थियो । तर, सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त एकीकरण बदर गर्दै एमाले र माओवादीलाई पूर्ववत अस्थामा फर्काएको थियो । तर झलानथ खनाल र माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने बताएको छ ।

२०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले रिट फिर्ता नलिने भनेसँगै एमाले एक ढिक्का हुन सक्ने समभावना अझै देखिदैन । यससँगै धेरैको प्रश्न छ, खनाल र नेपाल पक्षको मुख्य माग नै पार्टी लाई २०७५ जेठ २ गतेकै अबस्थाबाट सञ्चालन गर्नु पर्ने थियो । सोही माग अनुसार पार्टी अगाडी बढाउन पार्टी अयक्ष ओली तयार हुँदा, खनाल र नेपालले विश्व्वास गर्न नसक्नुको पछाडि ओलीको भुमिका छ, या माधव नेपाल स्वयम पार्टी एकताको पक्षमा हुनु हुन्न भन्ने ।

यो कुराको गहिराई पत्ता लगाउन एमालेका दोस्रो र तेस्रो तहका नेता कार्याकर्ताको भुमिका महत्वपुर्ण हुन जान्छ । नेकपा एमाले भित्र गिजोलिएको राजनीतक रस्साका कस्सी चलेको छ । नेतृत्व तह आफ्नै अडानमा कायम रहदा सिंगो एमाले संकटमा छ । नेताहरुकै कारण एमाले विभाजनको डिलमा पुगेको छ । एमाले जुन सुकै वेला विभाजन हुन सक्छ । एमालेलाई विभाजनबाट रोक्ने प्रयास गर्ने दोस्रो तहका नेताहरु पनि नेतृत्वकै अडानका कारण एकताको आधार पाउन सकिरहेका छैनन ।

नयाँ पार्टी गठन गर्ने कुरा चल्दा नेकपा एमालेमा गरेको संघर्षलाई विर्सेर पार्टी विभाजन हुन नदिने अडानमा केहि नेताहरु त देखिएकाछन तर माधव कुमार नेपालको अगाडी यो विषय खुलेर राख्न सकेको देखिदै न । नेपाल पक्षका कतिपय सांसदहरु विपक्षी दलसँग टाढिएर एकताका पक्षमा दौडधुप गरिरहेका छन । तर खनाल र माधव नेपाल आफ्नो अडानबाट टसमस समेत नहुने अस्थामा पगेपछि दोस्रो तहका नेताहरुको दौडधुपले मुर्त रुप लिन सकिरहेको छैन ।

नेकपा स्थापनाको दुई वर्षपछि नै २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाउँदा उहाँले पार्टीभित्रै संघर्षको बाटो रोज्नु भएको थियो । पुष्पलाललाई आदर्श मान्ने नेकपा एमालेका नेताहरु अहिले अन्र्तसंघर्ष छोडेर विपक्षीसँग कुम जोडिरहेका छन । अहिले नेकपा एमालेभित्रको लडाइ जनतसँग सम्बन्धित विषय होइन, सिद्धान्त नमिलेर होइन, व्यवस्थासँग सम्बन्धित विषय पनि होइन, अहिले एमालेभित्रको लडाई सत्ता, शक्ति, गुट र नेतृत्वमा हालिमुहाली गर्न पाउनु पर्ने मानसिकताको उपज हो ।

विधि, पद्धति, संस्कार, सहमति, सहकार्य, एक अर्काको सम्मान एमाले नेताहरुलाई एकादेशको कथा जस्तै बनिसकेको छ । अहिलेको मुख्य समस्या भनेकै पार्टी कब्जा गर्दै सत्ता र शक्तिमा आफ्नो गुटलाई स्थापित गराउन खोज्नु हो । नेताहरुले पार्टी सुदृढीकरण र पुनर्गठनका कुरा कार्यकर्तालाई देखाउने हतियार नाएकाछन । पार्टीमा चलाइएका समानान्तर गतिविधिले नेकपा एमाले कहाँ पुग्ने हो स्वयम यसका संवाहकहरुलाई थाहा छैन ।

तर अनिश्चित भविष्य बोकेर लडाई जारी राखेका नेताहरुले जनतामा निरासा पैदा भएको हेक्का राखन सकिरहेका छैनन । जसका कारण आम कम्युनिस्ट आन्दोलन नै दुर्घटनाग्रस्त अबस्थामा पुगेको छ । विगत देखिनै कम्युनिस्ट पार्टीहरु आफु अनुकुल टुक्रिने, चोइटिने, नेताहरु विभाजित हुने र आफ्नो स्वार्थका लागि अरु शक्तिकेन्द्रको शरणमा पुग्ने गरेकै हुन । एक अर्कालाई प्रतिगामी, यथास्थितिवादी, लालगद्दार, अवसरवादी, लम्पसारवादीको बिल्ला भिराएर आफू मात्र सच्चा कम्युनिस्ट हु भन्ने विकृति कम्युनिस्ट प्रविृत्तिकै रुपमा विकसित भएको छ ।

जुन कुरा अहिले एमाले भित्रको लडाइमा स्पष्ट देखिन्छ । त्यसैले डिलमै पगेको एमालेका नेताहरुले हामफाल्ने निर्णय लिनु हुदैन । नेताहरुले आ आफ्नो व्यवहार सच्याएरु पार्टीलाई विधिपूर्वक अगाडि बढाउन सक्नु पर्छ । जीवनको उतरार्द्ध रहेका नेताअरुले सैभरि पदमा झुण्डीएर जनताबाट अपमानित हुनु भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पार्टी र देशको जिम्मेवारी दिन सक्नु पर्छ ।

Leave a Reply