स्वास्थ्यमा क्षेत्रमा देखिएको कोभिडले राजनीतिक क्षेत्रमा पनि पुग्यो : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

स्वास्थ्यमा क्षेत्रमा देखिएको कोभिडले राजनीतिक क्षेत्रमा पनि पुग्यो : मुख्यमन्त्री राई

Sherdhan-Rai

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोभिड सक्रमणको समयमा मानिसको स्वास्थ्यमा मात्रै नभई राजनीतिक क्षेत्रमा समेत असर परेको बताएका छन् । सोमबार प्रदेशसभाको बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ले सातै प्रदेश हुँदै स्थानिय तहसम्म मौलाउँदै गएको टिप्पणी गरेका हुन्।

वैठमा बोल्दै मुख्यमन्त्री राईले संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्न नपाएको गुसानो गरे । त्यस्तै उनले विपक्षीहरुको अवरोधकै कारण संसद् अधिवेशन तत्कालै अन्त्य गर्नुपरेको समेत तर्क गरेका छन् । मुख्यमन्त्री राईले आफूले संसदलाई छल्न खोजेको भन्ने आरोप निराधार रहेको भन्दै दुख व्यक्त गरे । । संघीय सरकारले स्वास्थ्य संकटकाल लगाँउन सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रदेश सभाको अधिवेशन बोलाउन ढिला भएको मुख्यमन्त्री राईको तर्क रहेको थियो ।

Leave a Reply

ताजा समाचार