प्रधानमन्त्री ओलीलाई नेपालको जवाफः संसद विघटन फिर्ता गर्नुस, हस्ताक्षर स्वत फिर्ता गछौँ | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई नेपालको जवाफः संसद विघटन फिर्ता गर्नुस, हस्ताक्षर स्वत फिर्ता गछौँ

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर फिर्ता गर्ने बताएका छन् ।सोमबार नेता नेपालले एक विज्ञप्ति जारी गर्दे प्रधानमन्त्री ओलीले गरेको संसद विघटन फिता लिए आफूहरु अदालतमा परेको रिटबाट हस्ताक्षर स्वत फिर्ता लिने अडानमा पुगेको तर्क गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३को स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालको तर्क रहेको छ ।

माधव कुमार नेपालको जवाफको पूर्णपाठ यस्तो छ ।

Leave a Reply