अध्यक्ष ओलीले नेपाल समूहलाई हस्ताक्षर फिर्ता गर्न दिएको समय सकियो, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अध्यक्ष ओलीले नेपाल समूहलाई हस्ताक्षर फिर्ता गर्न दिएको समय सकियो, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएनन्

काठमाडौँ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका नेपाल पक्षका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन दिएको समय सकिएको छ ।

एमालेको केन्द्रीय कमिटिको बैठकले अदालतको फैसलाभन्दा पहिला सोमबार ५ बजेसम्म रिट निवेदनमा हस्ताक्षर गरेका २३ जना सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन जारी भएको थियो ।

तर नेता नेपाल समूहका सांसदहरुले भने अध्यक्ष ओलीको निर्देशनअनुसार हस्ताक्षर फिर्ता लिएका छैनन् र ओलीले दिएको समय पनि सकिएको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा दायर भएको रिटको हस्ताक्षर फिर्ता भएको छैन अब प्रधानमन्त्री ओलीले कस्ता निर्णय लिन्छन होला भन्ने धेरैको चासोको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);