हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको अडान

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन निर्देशन दिएका थिए ।

ओलीको निर्देशन पनि शनिबार बसेको नेता नेपाल पक्षको बैठकले प्रधानमन्त्रीले भने अनुसार हस्ताक्षर फिर्ता नगर्ने निष्कर्ष निकालेको हो ।

नेपाल पक्षका २३ सांसदहरुले विपक्षी गठबन्धनलाई साथ दिँदै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो हस्ताक्षर फिर्ता गर्न अध्यक्ष ओलीले दुई दिनको समय दिएका छन् ।

नेपाल पक्षका सांसदहरुले ओली पक्षका केन्द्रीय कमिटीको बैठक अवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसलाअनुसारको बैठक बसेर गरिएको निर्णय मात्रे मान्य हुने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);