देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर फिर्ता लिन ओली पक्षले दिएको समय सीमा आज सकिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर फिर्ता लिन ओली पक्षले दिएको समय सीमा आज सकिँदै

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज सकिँदै छ । शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सकिन लागेको हो ।

हस्ताक्षर फिर्ता गराउने प्रयास स्वरुप आइतवार संस्थापन पक्षका नेताहरुले नेता नेपालसहित नेपाल पक्षीय नेताहरुसँग छलफल गरेपनि कुनै ठोस निर्णय हुन सकेको छैन । त्यसैगरी आइतवार राति नेपालपक्षीय नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

यता माधव पक्षका नेताहरुले भने हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेका छन् । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्नुका साथै २३ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने बिषयले पनि चर्चा बटुल्न थालेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले व्युताइदिएपछि पार्टी एकतापूर्व जेठ २ को अवस्थाबाट पार्टी संचालन गर्नुपर्ने भन्दै अन्तरसंघर्ष चलाएको छ । कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस, बागमती प्रदेशमा पार्टी उम्मेदवार विरुद्ध बागी खडा तथा केन्द्रमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);