एमालेमा शीर्ष नेताहरु अडान र चेतावनीमा, दोश्रो तहका नेताहरु एकताको कसरतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमालेमा शीर्ष नेताहरु अडान र चेतावनीमा, दोश्रो तहका नेताहरु एकताको कसरतमा

काठमाडौं । नेकपा एमालेका शीर्ष तहका नेताहरुबीच आरोप प्रत्यारोप तथा अडान र चेतावनीको क्रम जारी रहेका बेला दोश्रो तहका नेताहरु भने पार्टी एकताको कसरतमा लागि परेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालको आरोप प्रत्यारोप तथा अडान र चेतावनी हेर्दा एमाले भित्र एकता असम्भव जस्तै हुन थालेको छ ।

शीर्ष नेताहरुमा तीक्तता रहे पनि दोश्रो तहका नेताहरुले भने पार्टी एकताका विषयमा हार मानेका छैनन् । उनीहरुले पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको दुरी घटाउने कोशिसमा लागेका छन् । ओली र नेपाललाई भेटवार्ता गराउने तथा टेलिफोन वार्ता गराउने प्रयासहरु दोश्रो तहका नेताहरुले जारी राखेका छन् ।

आइतबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सुवास नेम्वाङ नेता नेपाल निवासमा पुगे । उनीहरुले पार्टी एकताको विकल्प नभएको भन्दै नेता नेपाललाई फकाउन कोशिस गरेका छन् । ओली पक्षका यी नेताहरुको नेपालसँग भएको छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसालपनि सहभागी थिए ।

भुसालले शनिबार ओली र नेपालबीच टेलिफोन वार्ता गराएका थिए तर उनीहरु बीच कुनै किसिमको सहमति भने हुन सकेको छैन । आजको छलफलमा ओली पक्षका नेताहरुले ओली र नेपालबीच भेटवार्ता गराउने कोशिस गरेका छन् ।

यतिबेला यी दुई पक्षको एकतामा मुख्य एजेण्डा बनेको छ : नेपाल पक्षका २३ निवर्तमान सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर ।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले नेपाल पक्षका सांसदहरुलाई २ दिन भित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो भने शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले होइनन् भन्दै चेतावनी समेत दिएका छन् । ओलीले हस्ताक्षर फिर्ता भए मात्र पार्टी एकता सम्भव भएको भन्दै यसैलाइ बटमलाइन बनाएका छन् ।

यो पनि पढ्नुहोस

सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन् : प्रधानमन्त्री ओली

यता नेपाल पक्षका नेताहरुले भने हस्ताक्षर फिर्ता नलिने अडान कायम राखेका छन् । हस्ताक्षर फिर्ता लिन दिईएको निर्देशनका विषयमा छलफल गर्न बसेको नेपाल पक्षको शनिबारको छलफलले हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकाल्यो । नेपाल पक्षका सांसदहरुले ओली पक्षका केन्द्रीय कमिटीको बैठक अवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसलाअनुसारको बैठक बसेर गरिएको निर्णय मात्रै मान्य हुने बताएका छन् ।

यो पनि पढ्नुहोस

हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको अडान

हस्ताक्षरको विषयमाथि दुबै पक्षको अडानले एमाले एकतालाई पर सारेको छ भने अर्को तिर २०७५ जेठ २ मा फर्कने विषय पनि एकताको बीचमा आएको छ ।

सर्वोच्चले गएको फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र व्युँताउने फैसला दिएपछि नेपाल पक्षले एमाले एकताका लागि जेठ २ मा फर्किनु पर्ने अडान लिँदै आएको छ ।

यसबीच अध्यक्ष ओली सशर्त जेठ २ मा फर्किन राजी भए । तर उनले राखेका शर्तहरु नेपाल पक्षलाई मान्य भएन र सहमति बन्न सकेन । नेपाल पक्षले ओलीलाई विनाशर्त जेठ २ मा फर्किनु पर्ने बताएका छन् । तर त्यसलाई ओलीले बेवास्ता गरेको नेपाल पक्षको आरोप छ ।

यसरी दुबै पक्ष आ–आफ्नै अडानमा कायम रहेका बेला एकताका लागि दोश्रो तहका नेताहरुको कसरतले कायापलट गर्न सक्ला ? या उनीहरुको मेहनत बालुवा पेलेर तेल निकाल्ने जस्तो मात्र हुन्छ ? आम चासोको विषय बनेको छ ।

सम्बन्धित समाचार :

एमाले एकताका लागि दोश्रो तहका नेताहरुको प्रयास जारी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);