प्रदेश १ को प्रदेश सभा बैठक सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश १ को प्रदेश सभा बैठक सुचारु

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक सुचारु भएको छ । प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउने विषयमा सहमति भएसँगै प्रदेश सभाको बैठक सुचारु भएको हो ।

प्रदेश सचिवालयमा मंगलबार सरकार र माओवादी केन्द्रबीच भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिको रेकर्ड हटाउने भएपछि बैठक सुचारु गर्ने बाटो खुलेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको १८ औ बैठक मंगलबार अपरान्ह १ बजेको लागि डाकिएको थियो । तर जारी गतिरोध अन्त्यका लागि सरकार र माओवादी केन्द्र बिच बार्ताका लागि संसद बैठक साढे २ घण्टापछि सारिएको थियो ।

सरकार र माओवादी पक्षबीच संसद बैठक सुचारु गर्ने सहमति भएसँगै निर्धारित समय साढे तीन बजेदेखि बैठक शुरु गरिएको थियो ।

माओवादी केन्द्रले प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको थियो।

जसका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी पाँचौ पटक बैठक स्थगित भएको थियो ।

यो पनि पढ्नुहोस् :

एमालेमा शीर्ष नेताहरु अडान र चेतावनीमा, दोश्रो तहका नेताहरु एकताको कसरतमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);