सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमाले होइनन् : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नगर्ने निवर्तमान सांसदहरु एमालेमा नरहने प्रष्ट पारेका छन् ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा गरेको हस्ताक्षर फिर्ता नलिए ती सांसदहरु एमालेमा नरहने बताएका हुन् ।

यसअघि शुक्रबार बसेको बैठकले नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

अध्यक्ष ओलीले तोकिएको समय भित्र हस्ताक्षर फिर्ता नलिने सांसदहरु एमालेका नेता कार्यकर्ता नहुने भन्दै चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले पार्टी जेठ २ मा फर्किसकेको र आफूहरु एकताका लागि लचिलो भएपनि नेपाल पक्ष एकताको लागि अगाडि नबढेको बताएका छने । उनले नेपाल पक्षले आफूलाई अल्मलाउन मात्र एकताका लागि वार्ता भन्दै दुई जनालाई लगाउने तर जिल्ला जिल्ला भने पुत्ला जलाउने काम गरेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);