एमाले एकताको प्रयासमा दोश्रो पुस्ताका नेताहरु, आज बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमाले एकताको प्रयासमा दोश्रो पुस्ताका नेताहरु, आज बैठक बस्दै

काठमाडौं । एमालेभित्र रहेको विवाद समाधानका लागि दोश्रो पस्ताका नेताहरुमा फेरि छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षका नेताहरु शनिबार बैठक बस्दैछन् ।

बैठकमा कार्यदलले असार २७ गते तयार पारेको १० बँदे सहमति कार्यान्वयन गर्नका लागि छलफल गर्ने भएको छ ।

शनिबार अनौपचारिक रुपमा बस्न लागेको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गरी पार्टी एकताको कोशिस गर्ने बताइएको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । त्यसैले आज अनौपचारिक रुपमा बैठक बस्न लागेको हो ।

शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक चलिरहेका बेला कार्यदलका नेपाल पक्षका नेताहरुले बैठकलाई अनौपचारिक छलफलका रुपमा बढाएर बैठक सार्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक नसार्ने अडान कायम गर्दै बैठकलाई निरन्तरता दिएको थियो । बैठक सार्ने आग्रहका बावजुत दिउँसो एमालेको संसदीय दलको बैठक समेत बसेको थियो ।

कार्यदलले एमालेमा रहेको समस्या समाधान गरी एकताका लागि १० बँुदे सहमति बनाए पनि शीर्ष नेताहरुबीच भने विवाद बढी रहेको छ । असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली नेपालप्रति झन् रुष्ट भएका छन् ।

उनले बुधबार सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेपछि नेपाललाई एमालेमा कुनै स्थान नभएको भन्दै आक्रोश पोखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);