१० बुँदे सहमतिलाई कार्यान्वयन गरेर एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्ने विघटित कार्यदलको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१० बुँदे सहमतिलाई कार्यान्वयन गरेर एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्ने विघटित कार्यदलको निष्कर्ष

काठमाडौं । नेकपा एमालको विघटित कार्यदलका नेताहरूले १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर एकता प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने निष्कर्ष निकालेका छन् ।

विघटित कार्यदलका नेताहरु शनिबार पार्टी विवाद समाधानका लागि सिंहदलबारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

एकता प्रक्रियालाई ढिलाई गर्दा झन् धेरै कुरा बिग्रने परिस्थिती बनेकाले १० बुँदे सहमतिलाई कार्यान्वय गर्नु पर्ने निष्कर्षका पुगेको बैठकमा उपस्थित भएका नेता गोकर्ण विष्टले जानकारी दिए । उनले भने –‘‘एकता प्रक्रियालाई ढिलाई गर्दा झन् धेरै कुरा बिग्रने परिस्थिती बन्यो। त्यसैले अब १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग उठेका छन्। त्यही बिषयमा हामीले छलफल गरेका हौँ।’

आजै एमालेको स्थायी कमिटी बैठक पनि बोलाइएको छ । पार्टी अध्यक्ष ओलीले आजसम्म एकताको सबै प्रक्रिया टुंगोमा पु¥याएउन निर्देशन दिईसकेका छन् ।

बैठकमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, भिम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू सहभागी थिए ।

एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले गएको असार २७ गते १० बुँदै सहमति तयार गरेको थियो । तर नेता माधवकुमार नेपालले सहमतिमा असन्तुष्टि जनाएपछि पार्टीमा विवाद झन् चर्किएको छ ।

यसैबीच एमालले केन्द्रीय कमिटीको बैठकमा १० बुँदै सहमति अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);