१० बुँदे कार्यान्वयन नहुँदा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको एमालेका ९ नेताहरुको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१० बुँदे कार्यान्वयन नहुँदा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको एमालेका ९ नेताहरुको निष्कर्ष

काठमाडाैं । नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमतिलाई नेताहरूले ग्रहण गर्न र समझदारीपूर्वक लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको निष्कर्ष निकालेका छन् ।

उपाध्यक्ष भीम रावलसहित ९ नेताले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरूले नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीको र नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाबाट ब्याक हुन नेपालको ध्यानाकर्षण गराएका छन् ।

नेताहरुले पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोकी एकता प्रक्रियामा सहभागी हुन माधव नेपाल पक्षलाई समेत आग्रह गरेका छन् ।

बिहीबार राति संयुक्त विज्ञप्ति जारी गर्दै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले पार्टीमा उत्पन्न संकटको बेलामा नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न पनि आव्हान गरेका छन् ।

नेताहरुले जारी गरेको विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्दै अध्यादेश तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);