पार्टी एकताका लागि जोड दिने नेकपा एमालेका नेताहरुको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

पार्टी एकताका लागि जोड दिने नेकपा एमालेका नेताहरुको निष्कर्ष

काठमाडाैं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन् ।

शुक्रबारको छलफलमा उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन् ।

नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए ।

त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताए ।

नेकपा एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हीतका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);