वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार एमालेका वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता भएको हो । पार्टीका दुई बरिष्ठ नेताहरुको भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा केन्द्रीत भएर कुराकानी गरिएको सोतले जनाएको छ ।

कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर बैठकमार्फत अनुमोदन गर्ने तयारी भइरहँदा गौतमले नेपालंग भेटवार्ता गरेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालई प्रधानमन्त्री बनाउने फैसला गरेपछि नेपाल समूहसंग ओली रुष्ट बन्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नामम संवोधन गर्दे माधव कुमार नेपालको विरोध समेत जनाएका थिए ।

तर यता नेपाल पक्ष बैठकमा जाने वा नजाने भन्ने बारेमा अझै निर्णयाक भूमिकामा पुगेका छैनन् । यता आजैमात्र नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोठेश्वरमा दुई नेताहरुबीच भेटवार्ता भएको हो । आफ्नै पार्टीका उपाध्यक्ष गौतमलाई भेटेको केहि समयमै विपक्ष पार्टीका नारायणकाजी श्रेष्ठलाई भेटेका नेपालले गठबन्धनलाई पूर्णता दिनेबारेमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);