एकीकृत समाजवादीमा प्रवेश गर्दै गौतम, महासचिव बन्दै भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एकीकृत समाजवादीमा प्रवेश गर्दै गौतम, महासचिव बन्दै भुसाल

काठमाडौं, १२ माघ । गत पुसमा नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइने भएको छ ।

हालका महासचिव बेदुराम भुसालाई उपाध्यक्ष बनाएर नेकपा एमालेका पुर्व नेता समेत रहेका घनश्याम भुसाललाई महासचिव बनाउन लागेको बताइएको छ ।

आगामी माघ २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे औपचारिक निर्णय गरिने एक स्रोतले जनाएको छ । भुसाल गत पुस २९ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एमालेका नेता बामदेव गौतम पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । अध्यक्ष नेपाल र गौतमबीच पार्टी प्रवेशबारे छलफल भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);