घनश्याम भुसाल आज नेकपा एस प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

घनश्याम भुसाल आज नेकपा एस प्रवेश गर्दै

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनमा नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र चुनावमा होमिएका घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् ।

आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा भुसाल एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रमको आयोजना गरिएको छ । भुसालले आफूसहित केही एमाले कार्यकर्ता पनि ल्याउने तयारी गरिरहेका छन् ।

एकीकृत समाजवादी पार्र्टीभित्र अहिले वामपन्थी नेता भुसाल सचिवालय सदस्यमा मनोनित हुने र पछि महासचिव हुने सम्झौता भएको जनाइएको छ ।

भुसाल निकट विद्यार्थी संगठनहरु भने उनीसँगै एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);