घनश्याम भुसाल एसको महासचिवमा मनोनित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

घनश्याम भुसाल एसको महासचिवमा मनोनित

काठमाडौं, ५ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी
बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको बताउनु भयो । उहाँले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताउनु भयो ।उहाँले भन्नुभयो, ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ । यो सर्वसम्मत निर्णय हो । पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ ।

केन्द्रिय सचिवालय सदस्यको संख्या १९ गरिएको छ । हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने

उहाँले केन्द्रिय सचिवालय सदस्यको संख्या १९ पु¥याइएको बताउनु भयो । उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);