नेकपा एसले सुदूरपश्चिमबाहेक सबै प्रदेशको इन्चार्ज तोक्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेकपा एसले सुदूरपश्चिमबाहेक सबै प्रदेशको इन्चार्ज तोक्यो

काठमाडौं । नव गपठत नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो ।

पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ भने सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोकिएको छैन । त्यहाँको इन्चार्जका लागि नेतृ गरिमा शाहको नाम प्रस्ताव गरिएको भए पनि टुंगो लागिसकेको छैन ।

यस्तै एकीकृत समाजवादीले सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिएको छ । उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी भने विश्वनाथ प्याकुरेलले पाउनुभएको छ । त्यसैगरी एकीकृत समाजवादीको मोर्चा इन्चार्जको जिम्मेवारी डा. विजय पौडेल, प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडा र प्रवास क्षेत्र हेर्ने जिम्मेवारी श्रीप्रसाद शाहलाई तोकिएको छ भने डा.बेदुराम भुसालको संयोजकत्वमा सचिवालयसमेत गठन गरेको छ ।

यस्तै पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);