प्रदेश नं.२ मा एमालेको हेरफेर, इन्चार्जको जिम्मेवारी पाए महासेठले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रदेश नं.२ मा एमालेको हेरफेर, इन्चार्जको जिम्मेवारी पाए महासेठले

काठमाडौँ। नेकपा एमालेले प्रदेश २ कमिटीमा हेरफेर भएको छ। शुक्रबार सकिएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारीमा हेरफेर गरेको हो ।

प्रदेश इन्चार्जको जिम्मेवारी रघुविर महासेठले पाएका छन्। यसअघि सत्यनारायण मण्डल प्रदेश इन्चार्ज थिए । मण्डल लामो समयदेखि प्रदेश २ को इन्चार्ज रहँदै आएका थिए । त्यस्तै अध्यक्षको जिम्मेवारी ज्वालाकुमारी साहले पाएकी छिन् । साह यसअघि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य थिइन् । एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो ।

यसअघि माओवादी केन्द्रबाट आएका प्रभु साह प्रदेश कमिटी अध्यक्ष थिए। प्रदेश सचिव भने समुन प्याकुरेल यथावत छन् । यसअघिका इन्चार्ज मण्डल र अध्यक्ष साहलाई अन्य जिम्मेवारी दिइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);