१५ वर्षपछि माओवादी जुम्ला इन्चार्जमा नरेश भण्डारी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१५ वर्षपछि माओवादी जुम्ला इन्चार्जमा नरेश भण्डारी 

जुम्ला। नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् । मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिईएको छ ।’ जुम्ला इन्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए । पार्टीले १५ वर्षपछि फेरि ईन्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सवैसँग सहकार्य गरेर अगाडि बढ्नेछु  ।’

यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);