विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा

maobadi kendra

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ ।

जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा प्रवेश गराए । १० बर्से जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न क्रान्तिमा होमिएका सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको प्रचण्डले बताएका छन्  ।

‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ’, अध्यक्ष प्रचण्डले थपे, ‘जनतासँग जोडिएर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं ।’

पार्टीको जिल्ला कमिटी नै माओवादीमा विलय गराएका नेताहरूको जिम्मेवारी भने तोकिन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);