ओली उदार भएर प्रचण्डलाई अध्यक्ष बनाए, सत्ता मोहले प्रचण्डले सरकार ढालिदिन्छन : मुमाराम खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ओली उदार भएर प्रचण्डलाई अध्यक्ष बनाए, सत्ता मोहले प्रचण्डले सरकार ढालिदिन्छन : मुमाराम खनाल (भिडियोसहित)

kharo

काठमाडौं, २ फागुन । फागुन एक गते तत्कालीन माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउदै आएको छ । तत्कालिन नेकपा माओवादी, अर्ध भूमिगत विप्लव नेतृत्वको माओवादी र मोहन वैद्य नेतृत्वको माओवादी सबैले हिजोको दिनलाई महान उत्सवको रुपमा मनाउने गर्दाछन् । २०५२ साल देखि २०६२ सालसम्म नेपालमा सशस्त्र युद्ध भएको थियो जसलाई जनयुद्ध भनेर माओवादीले भनेको थियो । जसलाई कसैले बिर्सन सक्दैनन् । १० वर्षको जनयुद्धको परिणाम के आयो भन्ने विषयमा फरक-फरक खालका विश्लेषण र टिप्पणी हुन सक्छन् । नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवस मनाईरहदा तत्कालीन माओवादी संलग्न भयो तर तत्कालीन एमाले संलग्न नभएको देखिएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले हामी जनयुद्ध दिवस मान्दैनौ र मनाउदैनौ र त्यसको अब सान्दर्भिकता छैन भनेर जनकपुरमा बोलेका छन् । नेकपा, जसको नेतृत्वमा सरकार चलिरहेको छ र ठूलो दल पनि उसको एकता प्रक्रिया के हुन्छ ? सरकार गठन भएको झन्नै एक वर्षको अवधिमा उसको के काम गर्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक मुमाराम खनालसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);