देशको आर्थिक बिकासमा उद्यमसिलताको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति भण्डारीको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

देशको आर्थिक बिकासमा उद्यमसिलताको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति भण्डारीको भनाई

bidhyadevi bhandari

काठमाडौं, २ फागुन । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

बिहिवार राजधानीमा नेपाल उद्यमसिलता सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने उल्लेख गरे । उनले नविन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने बताए । राष्ट्रपति भण्डारीले मुलुकमा नागरिकलाई सेवा, सुविधा पु¥याउने उद्देश्यका साथ लक्ष्य, योजना र कार्यक्रम सुरु भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न युवालाई उद्यमशील बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सम्मेलनले सघाउ पु¥याउने विश्वास लिइएको बताए ।

नेपाल उद्योग परिसंघको संयोजनमा आयोजना गरिएको सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन । सम्मेलनले नेपालमा उद्यम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);