सांसदद्वारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

सांसदद्वारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण

samsad

काठमाडौं, २ फागुन । राष्ट्रिय सभाका सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकको सुन्य समयमा सांसद उदया शर्मा पौडेलले त्रिभुवन बिश्वबिद्यालयको १२ सय रोपनीे जग्गा मध्ये १ सय ८ रोपनी ४ आना जग्गामा बनेको ९ वटा भवनहरु ल्याब्रोटरी स्कुलले झण्डै ६ दशक देखी निशुल्क रुपमा भोगचलन गर्दै आएको भन्दै त्यसबारे यथार्थ जानकारी गराउन माग गरे ।

सांसद कमला कुमारी ओलीले कैलालीको भजनी ३ कुसुम घाटको मिनी भन्सारमा कर्मचारी नभएको र प्रहरीहरुले सामान निकासी पैठारी गर्ने सर्वसाधरणलाई दुख दिने काम गरेको भन्दै तत्काल सो स्थानमा कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराए ।

त्यसै गरी सांसद खिम कुमार बिकले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम निर्देशिकाले राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई विभेद गरेको भन्दै संच्याउन सम्बन्धीत मन्त्रालयसंग माग गरे ।

उनले सांसदहरुमा पनि प्रत्यक्ष निर्वाचितलाई पहिलो, समानुपातिक सांसदलाई दोश्रो र राष्ट्रियसभाका सांसदहरुलाई तेश्रो श्रेणीमा राख्ने काम भएको भन्दै सो व्यवस्था पुर्नविचार गर्न माग गरे ।