काठमाडौँ ।
एक्सट्रीम इनर्जी ड्रिंकले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकसँग गराएको हो । कम्पनी र खेलाडीबीच औपचारिक सम्झौता भएको हो। सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ’टिम एक्सट्रीम’का सदस्य बनेका हुन्।नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवा पुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका नौ जना खेलाडीसँग साझेदारी गरेको जनाएको छ। अब यी खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, कम्पनीले गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्ड र खेलकुदसम्बन्धी गतिविधिमा पनि उनीहरूको सहभागिता हुनेछ।कम्पनीले खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राखेर यो सहकार्य गरिएको जनाएको छ।
यसले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध अझै बलियो बनाउने अपेक्षा गरिएको छ।कार्यक्रममा कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल)का सात टोलीलाई समेटेर तयार पारिएको एक्सट्रीमको विशेष संस्करणको क्यान पनि सार्वजनिक गरेको छ। एनपीएलमा कम्पनी मुख्य प्रायोजक हो।कम्पनीका अनुसार टोलीको पहिचान र समर्थकको उत्साहलाई समेटेर बनाइएको यो क्यानले खेलाडी र समर्थकबीचको सम्बन्ध नजिक बनाउनेछ, र एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।कम्पनीले आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।भिजुअल सुझावः एभरेस्ट होटलमा सम्झौता हस्ताक्षर, खेलाडीहरूको समूह फोटो, एनपीएल टोलीका क्यानको सट र खेलाडीका एक्सन फुटेज।




