देशको समसामयिक बिषयमा यसरी गराए सांसदहरुले सरकारको ध्यानकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशको समसामयिक बिषयमा यसरी गराए सांसदहरुले सरकारको ध्यानकर्षण

samsadh

काठमाडौं, २५ माघ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बिशेष र सून्य समयमा बोल्ने सांसदहरुले उखु किसानका समस्या,देशको गिर्दाे आर्थिक अवस्थाका बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका छन । बैठकमा सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै कृषि मन्त्रालय खारेज गर्नु पर्ने माग गरे ।

खारेजीको उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भने नपाएको दाबी गरे । उनले चिनी मिलहरु ढेडमहिना सम्म संचालन नहुँदा गत बर्ष कै उखुको मुल्य किसानले नपाउदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।

सांसद योगेशकुमार भट्टराईले गोर्खा सैनिकलाई दिने तलव, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग त्यसैगरी सांसद डिला संग्रौला पन्तले मुलुकको अर्थतन्त्र गिर्दो अवस्थामा रहँदा पनि राज्यको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले लोकतान्त्रिक मुल्यमान्यतालाई उलंघन गर्दै संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा आयोगका अध्यक्षहरु नियुक्त गरिएको प्रति आपत्ति जनाए ।

सांसद अतहर कमाल मुसलमानले बहुबर्षिय विकास निर्माणका आयोजनाहरु वर्तमान सरकारले रोक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद भिमसेनदास प्रधानले भेनेजुयला प्रकरणमा जारी विज्ञप्तीलाई लिएर नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति आपसमा विवादास्पद भएको भन्दै सरकारको आधिकारिक धारणा संसदलाई जानकारी गराउन ध्यानाकर्षण गराए । सांसद गणेश कुमार पहाडीले सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोको रुपमा राख्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकार र संसदको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);