प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले के-के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले के-के भने ?

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अतहर कमाल मुलसमानले विगतमा ओली सरकारले बालुवाटार र भैसिपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको व्यंग्य गर्दै कांग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई लालपुर्जा वितरण गर्ने बताए । उनले भने – ‘नेपाली कांग्रेसले गरिब जनतालाई लालपुर्जा वितरण गर्न खोजेको हो । बालुवाटार र भैसेपाटीका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न खोजेको होइन । यदी लालपुर्जा बालुवाटार र भैसेपाटीसम्म पु¥याउने हो भने पुरानो सुकुम्बासी आयोग जिवित राखे हुन्छ । गरिब सुकुम्बासीलाई दिने हो भने नयाँ आयोग गठन गरेर नयाँ तरिकाले गर्नुपर्छ ।’

सांसद आशाकुमारी बि.क.ले जनप्रतिनिधिको आर्थिक अवस्थामा दिन प्रतिदिन परिवर्तन हुन थालेको भन्दै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरिन् ।

सांसद उमा रेग्मीले असार लागेपछि मात्रै विकास निर्माणको काम गर्ने र बाढीले बगाउने गरेको भन्दै समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्नुपर्ने बताईन् । जेठ १५ मा बजेट घोषणा भएपछि चालु आर्थिक वर्षको काम गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनले बताईन् ।

सांसद कल्याणी कुमारी खड्काले रौतहटको श्रीराम सुगर मिलले ३०३ जना मजदुरलाई कानून बमोजिम तलब नदिएको भन्दै तलव दिलाउन सरकारसँग माग गरिन् ।

सांसद कृष्णभक्त पोखरेलले नागरिकता सम्बन्धी विधेयक तत्काल ल्याउन माग गरे ।

सांसद केदार सिग्देलले यही आर्थिक वर्षभित्र भुमिहिन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गरे ।

सांसद खगराज अधिकारीले अपगानिस्तानमा नेपाली अलपत्र परेको भन्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल भित्राउन सरकारसँग माग गरे । नेपालीलाई नेपाल नर्फकाएसम्म सरकारलाई काम गर्न नदिने पनि उनले चेतावनी दिए ।

सांसद खेम प्रसाद लोहनीले बुढीगण्डकी जलविद्युत आयोजको डुबान प्रभावितहरुलाई क्षतिपुर्ति दिन सरकारसँग माग गरे ।

सांसद गजेन्द्र बहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभयो । सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गरे । डुबेका नेपाल एयरलाइन्स् लगायतका संस्थानतर्फपनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेशकुमार पहाडीले वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको भन्न नसकेर समस्याको रुपमा उल्लेख गरेको भन्दै सरकारले कुटनीतिक पहल गर्न खुट्टा कमाएको बताए ।

सांसद गणेश सिंह ठगुन्नाले दार्चुलामा महाकाली नदीमा खसेर बेपत्ता जयसिंह धामी प्रकरणको प्रतिवेदन छिट्टै सार्वजनिक गर्न सरकारसँग माग गरे ।

सांसद गोपाल बहादुर बमले मुगुमा जिल्ला कारागार सञ्चालनमा ल्याउन माग गरे ।

सांसद जीवनराम श्रेष्ठले मेलम्ची खानेपानी आयोजना अवरुद्ध भएपछि काठमाडौंमा खानेपानी समस्या भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);