प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ?

sanghiya samsadh

काठमाडौं, ६ जेठ । सांसदहरुले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद अतहर कमाल मुसलमानले महिला नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यस्तो अमानविय कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग अबिलम्ब सम्बोधन गर्न माग गर्नुभयो ।

सांसद अमरेश कुमार सिंहले सर्लाहीका चिनी मिलले उखु किसानलाई अहिले सम्म भुक्तानी नदिएको भन्दै तुरुन्तै उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन माग गर्नुभयो । त्यसैगरी सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);