सांसदद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांसदद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

dhankumari khatiwada

काठमाडौं, ८ चैत । राष्ट्रिय सभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्ने राष्ट्रिय सभाका सांसदहरुले आ आफ्नो क्षेत्रगत तथा समसामयिक विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद धनकुमारी खतिवडाले राजधानी काठमाण्डौ र ललितपुरका विभिन्न सडक खण्ड निर्माणको क्रममा धुलाम्य भएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारेको भन्दै सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईन्  ।

सांसद नन्दा चपाईले सुर्खेतको पञ्चपुरी हेल्थसेन्टरमा विद्युत् आपुर्ति र विशेषज्ञको तत्काल व्यवस्था गर्न सरकारसंग माग गरिन्।

त्यसैगरी सांसद प्रकाश पन्तले पृथ्वीराजमार्गको नौबिसे पोखरा खण्डको मर्मत सुधार तथा बैकल्पिक राजमार्ग निर्माण बारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्ता कुमारी यादवले धनुषा र सिरहा जिल्ला जोड्ने कमलानदीको पश्चिम र पुर्वक्षेत्रमा पुल निर्माणको पहल गर्न सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराईन् ।

शून्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);