मुलुकी संहितासम्बन्धि केही नेपाल कानुन संशोधन गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकी संहितासम्बन्धि केही नेपाल कानुन संशोधन गर्न सांसदको माग

sanghiya samsadh

काठमाडौं, ८ चैत । सांसदहरुले ‘मुलुकी संहितासम्बन्धि केही नेपाल कानुनलाई संशोधन गर्न बनेको विधेयक’का केही दफा संविधानको मर्म र भावना विपरित भएका भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन ।

संसदको कानून न्याय तथा मानव अधिकार समितिको शुक्रवार बसेको बैठकमा समितिका सदस्य हितमान तामङले विधेयकमा ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद गर्ने र अन्य चोट पु¥याएमा ५० हजारसम्म जरिवान हुनेछ’ भन्ने प्रावधान संविधान विपरित आएको भन्दै तत्काल हटाउन माग गरे ।

समितिका अर्का सदस्य महेश्वरजंग गहतराजले पनि संविधानको मर्म र भावना विपरित ‘गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैद गर्ने बिषय राख्न नहुने बताए ।

समितिका सदस्य प्रेम सुवालले जब्बरजस्ती करणी गर्नेमाथि कडा कार्वाही हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय निरुपणमा समस्या देखिएको भन्दै सो विधेयकलाई छिट्टै पारित गरिदिन संघीय संसदका सांसदहरुलाई आग्रह गरेका थिए ।

सरकारले मुलुकी संहितामा देखिएका त्रुटिहरु सच्याउने उद्देश्यका साथ सो विधेयक संशोधनका लागि संघीय संसदमा पेश गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);