महामन्त्री शशांकको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महामन्त्री शशांकको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

gagan thapa

काठमाडौं, ८ चैत । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी दिए ।

उनले नेताहरुलाई पार्टी भड्खालोमा जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे । शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

कार्यक्रममा बोल्दै अर्का काँग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

काँग्रेस नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको असाधारण भूमिकाको पनि चर्चा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);