मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्रीको आह्वान

काठमाडौं, ८ चैत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिमा केन्द्रित भएर आवश्यक योजनाहरु तय गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका छन् ।

मदन भण्डारी फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजनालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले नै संघ, प्रदेश र स्थानीय तहको काम बाँडफाँड गरिदिएकाले सोही अनुसार काम अघि बढ्नेमा पनि विश्वस्त हुन आग्रह गरे । सरकारले संविधानको मर्म अनुसार अघि बढ्नका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिईरहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);