मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित : उपप्रधानमन्त्री

ishor pokharel

काठमाडौं, २७ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गर्नु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गर्नु भयो ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु-याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गर्नु भयो ।

युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अव कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);