स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, २७ साउन । स्वास्थ्य उपचारका लागी सिंगापुर जानु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओली यही साउन १८ गते स्वास्थ्य उपचारका सिंगापुर जानु भएको थियो ।

प्रधानमन्त्री ओली हिजो फर्किने भनिएपनि स्वास्थ्य जाँचको सम्पुर्ण रिपोर्ट नआईपुगेका कारण उहाँ आज स्वदेश फर्कनु भएको हो । स्वदेश फर्कदा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सलामी लिनुभएन । संचारकर्मीहरुले उहाँको स्वास्थ्य स्थिती बारे जिज्ञासा राख्दा प्रधानमन्त्रीले आफु कुशल रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्ण बहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);