सिंगापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिंगापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

oli muskan

काठमाडौं, २७ साउन । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आज प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिनु भएको हो ।प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ जानु भएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);