विष्णु पौडेल र वामदेव गौतमको सिंगापुर यात्रा अर्थपूर्ण ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विष्णु पौडेल र वामदेव गौतमको सिंगापुर यात्रा अर्थपूर्ण !

सीता शर्मा

काठमाडौं, १८ भदौ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली उपचारको सिलसिलामा सिंगापुरमा हुनुहुन्छ । उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्कने कार्यक्रम तय भएको समाचार पहिल्यै सार्वजनिक भइसकेको छ ।

तर अहिले प्रधानमन्त्रीलाई भेट्न नेकपाका महासचिव बिष्णु पौडेल र नेता बामदेव गौतम सिंगापुर गएपछि यस विषयमा अनेकौ आशंका गर्न थालिएको छ । सरकारले नै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उहाँ शुक्रबार स्वदेश फर्कने बताइरहेका बेला नेकपाका दुई नेता पौडेल र गौतम सिंगापुर किन गए भन्ने प्रश्न यतिबेला उठेको छ । पौडेल र गौतम सिंगापुर यात्रालाई सामान्य मान्न नसकिने विश्लेषकहरुको भनाई छ ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका निजी चिकित्सक लगायत सरकारबाट पनि जानकारी गराउँदै आइएको छ ।

त्यस्तै उपचारमै रहेका प्रधानमन्त्री ओलीले पनि दुई पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रीमण्डलको बैठक सञ्चालन गर्नुभएको हो । यसले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै मान्न सकिने अवस्था छ ।

त्यस्तै प्रधानमन्त्री ओली उपचार सकेर शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी गराइसक्नु भएको छ ।

सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री २ दिनपछि स्वदेश फर्कनु हुनेछ । तर दुई दिनपछि स्वदेश फर्कने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल र नेता बामदेव गौतम सिंगापुर नै किन जानु भयो ? भन्ने विषय यतिबेला चर्चामा छ ।

नेकपा महासचिव विष्णु पौडेल मंगलबार र नेता बामदेव गौतम बुधबार सिंगापुर जानु भएको हो । पौडेल र गौतमको सिंगापुर यात्रालाई प्रधानमन्त्रीसंगको व्यक्तिगत भेटघाट भनिएको छ ।

तर प्रधानमन्त्री जानु भएको १३ दिनपछि फर्कने बेलामा नेताहरु किन गए भन्ने विषय भने सामान्य मान्न नसकिने विश्लेषण गरिएको छ ।

कतिपय सञ्चार माध्यमहरुले ओली, पौडेल र गौतमको भेटघाटमा विशेष राजनीतिक छलफल हुने उल्लेख गरेका छन् । यसो हो भने पनि अहिले विष्णु पौडेल र बामदेव गौतमलाई देश बाहिर नै बोलाएर प्रधानमन्त्री ओलीले छलफल गनुपर्ने पार्टीको कुनै गम्भिर एजेन्डा नभएको बताइने गरीएको छ ।

यदी पार्टी कै विषयमा छलफल हो भने ओली नेपाल फर्किएपछी पनि त्यसमा छलफल हुन सक्ने भएकाले पार्टीको आन्तरीक विषयमा छलफल गर्न पौडेल र गौतम सिंगापुर जान नसक्ने विश्लेषकहरुको टिपप्णी छ ।

त्यसैले प्रधानमन्त्री ओलीले अचानक महासचिव पौडेल र नेता गौतमलाई सिंगापुरमा बोलाउनुका पछाडी अन्तर्राष्ट्रिय संस्थाहरुसंगको छलफलका लागी हुन सक्ने आंकलन गरिएको छ ।

भारतीय गुप्तचर संस्था रअ पछिल्लो समय नेपालमा अलि बढी सक्रिय भएको देखिएको छ । केहि समय अगाडी रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए ।

त्यस पछाडी नेपालमा बर्तमान संघीय लोकतान्त्रीक व्यवस्थाप्रति आक्रमण हुन थालेको भन्दै प्रधानमन्त्री ओलीको असान्दर्भीक चिन्ता देखिएको थियो । त्यसयता नेपालमा हिन्दु राष्ट्रको चर्चा पनि बढिरहेको छ ।

असान्दर्भिक रुपमा नेताहरुबाट उठाइएको व्यवस्था परिवर्तनको चिन्ता र नेकपा नेताहरुको सिंगापुर यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । महासचिव विष्णु पौडेल ओलीका विश्वास पात्रका रुपमा चिनिनु हुन्छ भने गौतम पनि पछिल्लो समय ओलीकै पक्षमा देखिनुहुन्छ ।

त्यसैले प्रधानमन्त्री ओलीले आफु निकटका व्यक्तिलाई बोलाएर अन्तर्राष्ट्रिय संघसंस्थासंगको भेटघाटलाई जोड दिएका हुन् कि भन्ने अड्कल गर्न थालिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);