प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडेल सिंगापुर प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडेल सिंगापुर प्रस्थान

काठमाडौं, १७ भदौ । नेकपाका महासचिव विष्णु पौडेलल प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार सिंगापुर जानुभएको छ ।

प्रधानमन्त्री ओलीले भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा मृगौलाको उपचार गराइरहनु भएको छ । सिंगापुरमा प्रधानमन्त्रीको शरीरबाट निस्केको एन्टीबडी घटाउनका लागि गरिने ‘प्लाज्माफेरेसिस’ भइरहेको छ ।

अहिलेसम्म प्रधानमन्त्री ओलीको छैटौंपटक ‘प्लाज्माफेरेरिस’ भइसकेको छ । चिकित्सकहरुले सात पटकसम्म ‘प्लाज्माफेरेसिस’ गर्नुपर्ने सुझाव दिए अनुसार अन्तिम पटकको बुधबार प्लाज्माफेरेसिस’ हुँदैछ ।

त्यसपछिको अवस्था परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम रहेको छ । महासचिव पौडेल पनि प्रधानमन्त्रीसँगै फर्किनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);