प्रधानमन्त्रीको घाँटीमा राखिएको क्याथेटर निकालियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीको घाँटीमा राखिएको क्याथेटर निकालियो

pm oli

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला उपचारको क्रममा सिंगापुरमा उहाँको घाँटीको नसामा राखिएकोे ‘क्याथेटर’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भन्नुभयो, ‘‘मिर्गौलामा एन्टीबडी बढेपछि त्यसको निराकरणका लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको घाँटीको नसामा राखिएको क्याथेटर निकालिएको हो, उहाँको अवस्था अहिले सामान्य छ ।” प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि ओलीले सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा गएर प्लाज्मा फेरोसिस विधिबाट मिर्गौलाको एन्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार नै सरकारी निवास बालुवाटार फर्किसक्नुभएको छ । गत ५ भदौमा ओली मिर्गौलाको उपचार गर्न दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर उपचार गराउनुभएको थियो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);