प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

kp oli

काठमाडौँ, १७ भदौ । मिर्गौलासम्बन्धी समस्या देखिएर सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबिना नै स्वस्थ भएर शुक्रबार स्वदेश फर्कंदै छन् । विगत एक सातादेखि मिर्गौलासम्बन्धी एन्टिबडी घटाउनका लागि थालिएको प्लाज्मा फेरेसिस प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै गएकाले उनी स्वदेश फर्कने कार्यक्रम तय भएको हो ।

प्लाज्माफेरेसिस मिर्गौलासम्बन्धी एन्टिबडी घटाउने उपचार पद्धति हो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरमा रहेको एन्टिबडी घटाउने उपचार प्रक्रिया सफलतापूर्वक अघि बढिरहेको छ । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एक–दुइ दिन आराम गरेर उपचारमा संलग्न चिकित्सकको सल्लाहनुसार नेपाल फर्किनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निष्कासन गर्न सात पटकसम्म प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकले बताएका थिए । प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म पाँचौंपटक प्लाज्मा फेरेसिस भइसकेको छ । बुधबार सातौंपटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ । उपचार प्रक्रिया सकिएलगत्तै प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषि काफ्लेका अनुसार प्लाज्मा फेरेसिस प्रक्रिया सफल हुँदै गएकाले उनको एन्टिबडी घट्ने र मिर्गौला स्वस्थ हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);