सम्पती शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

सम्पती शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पती शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गर्नुभएको हो । यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।

उहाँले लोकतन्त्रको मूल्य भयरहित समाजको निर्माण भएको भएको भन्दै यस सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार