बागमती प्रदेशसभा बैठक अनिश्चितकालाका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बागमती प्रदेशसभा बैठक अनिश्चितकालाका लागि स्थगित

हेटौंडा, २६ चैत । बागमती प्रदेशको प्रदेशसभा बैठक तीन पटकको निरन्तर संसद अवरोधपछि पुनः अनिश्चतकालको लागि स्थगित भएको छ । जारी हिउँदे अधिवेशनको पछिल्लो बैठक माघ ९ गते बसेको थियो तर लामो समयपछि गत २४ गतेबाट बसेको बैठकमा नेकपा माओवादी केन्द्रले सरकारसँग विभिन्न माग राख्दै अवरुद्ध गर्दै आएको छ ।

बिहीबार पनि माओवादी केन्द्रले संसद अवरोध गरेसंगै सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् । यस्तै बैठकमा माओवादी केन्द्रले संसदमा मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा एउटा गुटको मात्रै रहेको भन्दै अहिलेको बागमती सरकार कानुनी रूपमा मात्रै बलियो सरकार भएतापनि नैतिकताको आधारमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुपर्छ भन्ने माग राख्दै आएको छ ।

यस्तै सरकारले मदन भण्डारी फाउन्डेसनको नाममा दिएको ५० लाखको औचित्य पुष्टि गर्न समेत माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले गुटको राजनीतिलाई हेर्दै रकमान्तर गरेर आफ्नो पकड क्षेत्रमा मात्रै पैसा थुपारेको, फरक दलबाट निर्वाचित स्थानीय तहलाई दिनुपर्ने समपूरक बजेट समेत नदिएको भन्दै जवाफ माग गर्दै उचित जवाफ आउन नसकेसम्म संसद चल्न नदिने माओवादी केन्द्रले जनाएको छ ।

बिहीबारको वैठकमा नेपाली कांगेसका नेता ईन्द्र बहादुर बानियाँले विशेष समय माग्दै सरकारले खरिद गर्न लागेको विद्युतीय बस तत्काल रोक्न आग्रह गरेका छन् । सरकारको काम जनतालाई खुशी र सुख दिने हो तर दुःख दिईरहेको उनले दाबी गरे । त्यसैगरी बाढी पहिरोको लागि प्रदेश सरकारले बनाएको घरहरुको सम्बन्धमा पनि प्रदेश सरकारसंग जवाफ माग्दै अहिले उठेका प्रश्नहरुको उपयुक्त जवाफ नआए नेपाली काग्रेंसले पनि संसद अवरोध गर्ने बताए ।

हाल प्रदेशसभामा नेकपा एमालेका ५७, नेकपा माओवादी केन्द्रका २३ जना र नेपाली कांग्रेसका २२ जना सदस्य रहेका छन् । विगतमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस अहिले तेस्रो ठूलो दलका रुपमा देखिएको छ । यसैगरी विवेकशील साझा दलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपाको २ र एक स्वतन्त्र सांसद गरी कूल १ सय १० प्रदेशसभा सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);